National life

धनतेरसका लागि चाँदीका सिक्का बिक्री सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ कात्तिक २०८१, सोमबार
661Shares
धनतेरसका लागि चाँदीका सिक्का बिक्री सुरु
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ ।

राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ ।

राष्ट्र बैङ्कले यसपटक चाँदीको सिक्का तथा मेडालिनको मूल्य पनि बढाएको छ । संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि टक्सार महाशाखाले सूचना प्रकाशित गरी तिहारका लागि बिक्री हुने स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य सार्वजनिक गरेको थियो ।

नयाँ मूल्यअनुसार १० ग्राम लक्ष्मी मेडालिनयन, गणेश मेडालिनयन, गज लक्ष्मी मेडालियनको मूल्य २२ सय रहेको छ । यसअगाडि यी मेडालियनको मूल्य २ हजार रुपैयाँ कायम गरिएको थियो ।

साथै, १५ ग्राम टक्कसार यान्त्रीकरणको मूल्य ४१ सयबाट ४४ सय, ३१ दशमलव १०३ ग्राम राज्यारोहण १ ओजेडको ७ हजार ९ सय ५० बाट ८ हजार ५ सय ७५ पुगेको छ ।

यसैगरी २५ ग्राम गाई मेडालियनको ५ हजारबाट ५५ सय रुपैयाँ, १० ग्राम गाई मेडालियनको २ हजारबाट २२ सय रुपैयाँ पुगेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?