National life

नेप्सेमा २८.५९ अंकको गिरावट, १९६ कम्पनीको शेयर मुल्य घट्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
646Shares
नेप्सेमा २८.५९ अंकको गिरावट, १९६ कम्पनीको शेयर मुल्य घट्याे
ncell

काठमाडौं । आज मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से २६.५९ अंकले घटेर २०७७.५८ विन्दुमा बन्द भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १७ कम्पनीको शेयर मुल्य बढेको छ भने १९६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ९२ करोड ४४ लाख बराबरको कारोबार भएको छ । तीन वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा बढी अपर तामाबोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ८ करोड ७२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टस, सोल्टि होटल, हिमालयन लाइफ, ज्योती विकास बैंक, नेपाल पुनर्बीमा, प्रोगेशीभ फाइनान्स, हिमालयन डिष्टलरी, एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा परेको छ।

आज सुपरमादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको शेयरमूल्य २.५५ प्रतिशत अर्थात प्रतिकित्ता ९ रुपैयाँले बढेर ३९० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, अप्पर तामाकोशी हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, बिओकेको डिभेन्चर लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

आज सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?