National life

शेयर बजारकाे ओरालो यात्रा कायमै, नेप्से दोहोरो अंकले घट्दा २ अर्ब ४२ करोडको कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
529Shares
शेयर बजारकाे ओरालो यात्रा कायमै, नेप्से दोहोरो अंकले घट्दा २ अर्ब ४२ करोडको कारोबार
ncell

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २९.७१ अंकले घटेर २,१२६.४८ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १६ कम्पनीकाे शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

त्यस्तै आज २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन लाइफ, प्रोगेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, एभरेष्ट बैंक, शाईन रेसुङ्गा बैंक, हिमालयन डिष्टलरी, नबिल बैंक, एशियन लाइफ र एनआईसी एशिया बैंकको आज सर्वाधिक कारोबार भएको छ।

आज सबैभन्दा धेरै एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ७.३९ प्रतिशतका दरले कमाएका छन् ।

यसका साथै, इमर्जीङ नेपा लिमिटेड,सिक्लेस हाइड्रोपावर, गुडविल फाइनान्स डिभेन्चर लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।

त्यस्तै आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.६८ प्रतिशतका दरले गुमाएका हुन् ।

आज प्रोग्रेशिभ फाइनान्स, माइखोला हाइड्रोपावर, मिथिल्ला लघुवित्त, बरुण हाइड्रोपावर लगायतका अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?