National life

साता कारोबारको पहिलो दिन शेयर बजारमा दाेहाेराे अंककाे गिरावट, १९७ कम्पनीको शेयर मुल्य घट्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ साउन २०८०, आइतबार
517Shares
साता कारोबारको पहिलो दिन शेयर बजारमा दाेहाेराे अंककाे गिरावट, १९७ कम्पनीको शेयर मुल्य घट्याे
ncell

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएको छ । आज आइतबार नेप्से परिसूचक ३८.३७ अंकले घटेर २,०५१.४७ विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

नेप्सेमा सूचीकृत कुल २६५ कम्पनीहरुको ८० लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजारको कारोबार भएको छ ।

शेयरबजारमा गिरावट आएसँगै १३ वटै उपसूचक राताम्मे भएका छन् ।

त्यस्तै आज सबैभन्दा धेरै सानिमा बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य २९७ रुपैयाँ रहेको छ ।

आज एभरेष्ट बैंकको १२ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको शेयरमा सकारात्मक सर्किट लागेको छ । आईएमई लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, कृषि विकास बैंक, पिपल्स पावर कम्पनी, नेपाल एसबिआई बैंकको डिभेन्चरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

आज प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, अभियान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, बेष्ट फाइनान्स लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?