National life

सेयर बजारमा गिरावट, यी कम्पनीको मूल्य बढ्यो

कारोबार रकम ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ पुगेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०१ भदौ २०८३, सोमबार
1.3kShares
सेयर बजारमा गिरावट, यी कम्पनीको मूल्य बढ्यो
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक २.२५ अंकले घटेर २,६४१.५८ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा १ करोड १९ लाख ३२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये ७२ वटाको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। त्यस्तै, माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको १४.९९ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्सको ११.१७ प्रतिशत, सगरमाथा जलविद्युतको ११.०६ प्रतिशत र विकास हाइड्रोपावरको ८.२२ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?