National life

अधिकांश कम्पनीको मूल्य घट्दा पनि यी सेयरमा सर्वाधिक किनबेच

४ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीमा कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२१ साउन २०८३, बिहिबार
7.4kShares
अधिकांश कम्पनीको मूल्य घट्दा पनि यी सेयरमा सर्वाधिक किनबेच
ncell

काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १३.८२ अंकले घट्दै २६५४.१५ विन्दुमा झरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १ करोडभन्दा बढी कित्ता सेयर ४ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ। बजारमा अधिकांश कम्पनीको मूल्य घट्दा लगानीकर्तामा दबाब देखिएको छ।

गिरावटबीच पनि केही कम्पनीको सेयर मूल्य भने बढेको छ। अप्पर लोहोरे खोला हाइड्रोपावरमा उच्च वृद्धि देखिँदा कालंगा हाइड्रो, एनआईबीएल समृद्धि, एनआईबीएल स्टेबल फण्ड र सानिगाढ हाइड्रोमा पनि सकारात्मक प्रदर्शन देखिएको छ।

त्यसैगरि, रिडी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४७ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आँखुखोला जलविद्युतको २६ करोड ५९ लाख, सोलु हाइड्रोपावरको २३ करोड ७९ लाख, नेशनल हाइड्रोपावरको १९ करोड ४२ लाख, खानीखोला हाइड्रोपावरको १६ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
7.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?