National life

सेयर बजारमा दबाब तर यी कम्पनीको सेयरमा भयो सर्वाधिक कारोबार

कारोबारको कुल रकम ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ पुगेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०२ भदौ २०८३, मङ्गलबार
1.1kShares
सेयर बजारमा दबाब तर यी कम्पनीको सेयरमा भयो सर्वाधिक कारोबार
ncell

काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। बजारमा बिक्री चाप बढ्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २ हजार ६२२.४८ विन्दुमा सीमित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा कुल १ करोड ५१ लाख ९६ हजार कित्ता सेयर किनबेच भएका छन्। दिनभर भएको कारोबारको कुल रकम ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। आज २१७ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ५७ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

बढ्ने कम्पनीतर्फ सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको १४.९८ प्रतिशत, मनकामना इन्जिनियरिङको ४.७८ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको ३.६४ प्रतिशत र एचएलआई लार्ज क्याप फन्डको सेयर मूल्य ३.५७ प्रतिशतले बढेको छ।

त्यस्तै, ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कृषि बण्डको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५० करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सोलु हाइड्रोपावरको ३९ करोड १३ लाख, खानीखोला हाइड्रोपावरको २५ करोड २६ लाख, रिलायन्स स्पिनिङ मिल्स्को १६ करोड ६९ लाख, रिडी पावरको १५ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?