काठमाडौं । सेयर बजारमा बुधबार पनि गिरावटले निरन्तरता पाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२६ अंकले घटेर २ हजार ६२२.२२ विन्दुमा झरेको छ।
आज बजारमा ९५ लाख ८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये ११० वटाको सेयर मूल्य बढेको छ भने १५० वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। सर्वोत्तम पेन्ट्सको १४.९८ प्रतिशत, आरबीबी म्युचुअल फन्डको ३.०९ प्रतिशत, लक्ष्मी बैंक डिबेन्चरको ३ प्रतिशत र एनसीसी डिबेन्चरको सेयर मूल्य ३ प्रतिशतले बढेको छ।
त्यसैगरि, शाहस उर्जाको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सोलु हाइड्रोपावरको १६ करोड ८८ लाख, रिलायन्स स्पिनिङ मिल्स्को १५ करोड ५५ लाख, मनकामना इन्जिनियरिङको १२ करोड २५ लाख, खानीखोला हाइड्रोपावरको ८ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
समग्र बजारमा बिक्री चाप कायम रहे पनि केही कम्पनी तथा वित्तीय उपकरणमा भने उल्लेख्य वृद्धि देखिएको छ।

































