National life

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुनमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
835Shares
नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुनमा कति ?
ncell

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को कम्पनी बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस १२ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनस दर कायम गरिएको हो। कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सावधिक जीवन बीमालेख योजनाका अन्तर्गत, बीमितहरूले बीमा अवधिको आधारमा प्रतिहजार न्यूनतम ६० रुपियाँदेखि अधिकतम ८२ रुपियाँसम्म बोनस पाउनेछन्। यस योजनामा समावेश रहेका बीमा योजना:

सुरक्षित जीवन,जीवन ज्योति,ग्रामीण सावधिक,सावधिक लघु,केटाकेटी सुनिश्चित ,भविष्य तथा शिक्षा जीवन बीमा,जीवन लक्ष्मी जीवन उदय (एकल योजना) नौलो बीमा योजनाहरूमा बोनस सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो योजनाहरूमा बोनस दर निम्न प्रकारका छन् ।

 नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजना:

बीमितले बीमा अवधिअनुसार न्यूनतम ६५ रुपियाँदेखि अधिकतम ८२ रुपियाँसम्म बोनस पाउने। जीवन समुन्नत बीमा योजना
यस योजनामा बीमितहरूले न्यूनतम ५६ रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म बोनस पाउनेछन्।

सुनौलो भविष्य जीवन बीमा योजनामा बोनस

सावधिक जीवन बीमालेख अन्तर्गतको सुनौलो भविष्य जीवन बीमा ''योजना (विकल्प १ र विकल्प २)'' मा बीमितहरूले बीमा अवधिअनुसार न्यूनतम ६० रुपियाँ र अधिकतम ६५ रुपियाँसम्म बोनस पाउने छन् । सर्वाधिक जीवन बीमालेख  ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
835SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?