National life

अनुमतिबिना सरकारी जग्गा लिजमा लिएर संरचना बनाउन खोजे स्वीकृति दिर्दैनौं : बालेन शाह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
472Shares
अनुमतिबिना सरकारी जग्गा लिजमा लिएर संरचना बनाउन खोजे स्वीकृति दिर्दैनौं : बालेन शाह
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको अनुमतिबिना सरकारी जग्गा लिजमा लिएर संरचना बनाउन खोजे नक्सा पास नगर्ने बताएका छन् । बिहीबार फेसबुकमा स्ट्याटस राख्दै उनले यस्ताे बताएका हुन् ।

उनले कुनै पनि सरकारी जग्गा महानगरको अनुमतिबिना लिजमा लिएर नक्सा पास गर्न तथा भौतिक संरचना बनाउन स्वीकृत नदिने बताए ।

उनले लेखेका छन्,'स्थानीय तहको कार्यपालिकाको निर्णय सहितको सिफारिस भएमा मात्र नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी सरकारी जग्गा लिजमा दिन सक्ने व्यवस्था गरेको छ, सार्वजनिक वा सरकारी प्रयोजनको लागि आवश्यक पर्ने सरकारी जग्गा भने कुनै व्यक्ति, निकाय वा संस्थालाई लिजमा उपलब्ध गराउन नसकिने कुरा सो कार्यनीतिमा स्पष्ट पारिएको छ।'

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मेयर बालेनले महानगरभित्रको सरकारी जग्गा समन्वय नगरी र कार्यपालिकाको सिफारिसबिना लिजमा दिने-लिने गर्न नमिल्ने प्रावधान रहेको उल्लेख गरे‍का छन् ।

'मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (१) बमोजिम जारी भएको सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७९ ले सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय सहितको सिफारिस भएमा मात्र नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी सरकारी जग्गा लिजमा दिन सक्ने व्यवस्था गरेको छ,' उनले लेखेका छन्, 'सार्वजनिक वा सरकारी प्रयोजनको लागि आवश्यक पर्ने सरकारी जग्गा भने कुनै व्यक्ति, निकाय वा संस्थालाई लिजमा उपलब्ध गराउन नसकिने कुरा सो कार्यनीतिमा स्पष्ट पारिएको छ।'

 

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?