National life

जाल्पा सामुदायिक र किसान लघुवित्तको एकीकृत कारोबार २७ गतेदेखि हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
468Shares
जाल्पा सामुदायिक र किसान लघुवित्तको एकीकृत कारोबार २७ गतेदेखि हुने
ncell

काठमाडौँ। आगामी असार २७ गतेदेखि मर्जरमा गएका जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु हुने भएको छ ।

यी दुवै संस्थाले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन्।

आपसमा गाभिएर एउटै बनेको मातृभूमि लघुवित्त केन्द्रीय कार्यालय हाल किसान लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान लम्किचुहा–४ कैलाली र कर्पोरेट कार्यालय बुढानिलकण्ठ–८ काठमाण्डौमा रहने छ ।

Royal Enfield
nic asia capital

एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि आगामी असार २६ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने संस्थाले जनाएका छन् ।

यी दुवै संस्थालाई राष्ट्र बैंकले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्नेरगाभिने९मर्जर० कार्यका लागि गत चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?