National life

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ कात्तिक २०८०, बिहिबार
487Shares
मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?
ncell

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड सम्पन्न भएको छ । लघुवित्तको एफपीओ आज सम्पन्न भएको हाे ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो ।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

Royal Enfield
nic asia capital
उक्त शेयरमा कुल १३ लाख २१ हजार ५३६ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । सोमध्ये १३ लाख २० हजार २०३ आवेदन स्वीकृत भएका छन् भने १ हजार २७६ आवेदन रद्द भएको जनाएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिक अनुसार गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँड गरेको हो ।

जस अनुसार १२ हजार ३८१ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँड गर्दा ६.४५ कित्ता शेयर रहेकोले सो शेयर पनि १२ हजार ३८१ जनामा नै बाँडफाँड गरिएको छ । ६ जनाले लघुवित्तको थप एक कित्ता शेयर प्राप्त गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
487SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?