National life
cg eloctronics

मुक्तिनाथ विकास बैंकद्वारा स्टार्टअप र नयाँ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम आयोजना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ वैशाख २०८२, मङ्गलबार
564Shares
मुक्तिनाथ विकास बैंकद्वारा स्टार्टअप र नयाँ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम आयोजना
muktinatha bikash bank

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उदेश्य उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ्ग सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषय बस्तुहरुमा साक्षर  गराउनु रहेको जनाएको छ ।

यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीहरुको उत्साहजनक सहभागीता रहेको थियो । यस कार्यक्रममार्फत उद्यमीहरुलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ । नेपाली युवाहरुलाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?