National life

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र यूएनडिपी नेपालका प्रतिनिधिबीच समसामयिक विषयमा छलफल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
456Shares
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र यूएनडिपी नेपालका प्रतिनिधिबीच समसामयिक विषयमा छलफल
ncell

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपाल स्थित आवासीय प्रतिनिधि आयशानी मेडा गंगोडा लाबेबीच भेटवार्ता भएको छ । आयोग उपाध्यक्षश्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबार स्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल प्रतिनिधि लाबेले आयागले बनाउदै गरेको १६औँ योजनाको बारेमा चासो राख्दै १६ औं योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताएकी छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पुर्याउदै आएको सहयोगका लागि धन्यबाद दिदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विस्वस्त रहेको बताए । १६ औँ योजना यस अघिको भन्दा फरक हुने बताउदै उपाध्यक्ष श्रेष्ठले १६ औँ योजना तर्जुमाको मोडालिटी र यसको सोच तथालक्ष्य र रणनीतिक लक्ष्यका विषयमा जानकारी दिए । भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा. नारायण पौडेल लगायतका अधिकारीहरु समेत सहभागी थिए ।

आयोगले तयार पारेको आधारपत्रले १२ वटा रुपान्तरणकारी क्षेत्रहरु पहिचान गरेको छ । जसमध्ये समिष्टगत आर्थिक आधारहरुको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा लगायत १६औँ योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्रहरु रहेका छन् ।

साथै संरचनात्मक रुपान्तरणका क्षेत्रहरुमा अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण,विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपदको व्यवस्थापन दिगो विकास र सुशासन प्रवद्र्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेका छन् ।

भेटमा आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने दिगो विकास सम्मेलनको तयारी, नेपालको Global Accelerator on Jobs and Social Protection को पाथफाइन्डर कन्ट्रीका रुपमा सहभागिता, वातावरण वित्त परिचालन, खाद्य प्रणाली लगायतकाविषयमाआयोग र यूएनडिपीबीचको साझेदारी एवं सहकार्यका सम्बन्धमा समेत छलफल भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?