National life

रावा इनर्जी डेभलपमेन्टको आइपीओ आज बाँडफाँड हुँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० जेठ २०८०, मङ्गलबार
473Shares
रावा इनर्जी डेभलपमेन्टको आइपीओ आज बाँडफाँड हुँदै
ncell

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज (मंगलबार) दिउँसो ४ बजे शेयर बाँडफाँड गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ आज (मंगलबार) बाँडफाँड हुने भएको हो ।

जेठ १८ देखि जेठ २२ गतेसम्म सर्वसाधारणलाई ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जस मध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६ सय १६ कित्ता शेयर छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

यस कम्पनीको आइपीओमा ११ लाख ६५ हजार ५२६ जनाले आवेदन दिएका थिए । आइपीओ १०–१० कित्ताका दरले ६४ हजार ३६६ जनाले पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?