National life

ट्रष्ट माइक्रो इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआइएमबी क्यापीटल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ फागुन २०८१, आइतबार
431Shares
ट्रष्ट माइक्रो इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआइएमबी क्यापीटल
ncell

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लमिटेडले आफ्नो जारी पूँजीको २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

आईपीओ निष्कासनसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गाना ले हस्ताक्षर गरेका हुन्। यस सम्बन्धी सम्झौता फाल्गुन ४ गते सम्पन्न भएको हो।

ट्रष्ट माइक्रो इन्स्योरेन्सले न्यून आय भएका, पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायलाई बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले २०८० सालको असोज १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी २०८० चैत १ गतेदेखि औपचारिक कारोबार सुरु गरेको थियो।

आईपीओ निष्कासनपछि कम्पनीको सेयर संरचनामा थप विविधता आउने र सर्वसाधारणले लगानी गर्न सक्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?