National life

डिशहोम इन्टरनेटको नयाँ वर्षमा विशेष योजना: १२ महिनाको जडानमा १४ महिना सेवा पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०२ वैशाख २०८३, बुधबार
1.1kShares
डिशहोम इन्टरनेटको नयाँ वर्षमा विशेष योजना: १२ महिनाको जडानमा १४ महिना सेवा पाइने
ncell

काठमाडौं। नयाँ वर्ष २०८३ को अवसरमा डिशहोम इन्टरनेटले ग्राहकका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना अतिरिक्त बोनस पाउनेछन्।

उक्त अफरअन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएस का उच्च गतिको इन्टरनेट प्याकेजमा नयाँ वार्षिक कनेक्सन लिने ग्राहकलाई अतिरिक्त सेवा अवधि प्रदान गरिनेछ। यसले प्रयोगकर्तालाई थप समयसम्म निरन्तर उच्च गुणस्तरको इन्टरनेट सेवा उपयोग गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डिशहोम इन्टरनेटले बढ्दो डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै ग्राहकलाई सुलभ, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले योजना ल्याएको जनाएको छ।

कम्पनीका अनुसार यो अफर नयाँ वार्षिक इन्टरनेट जडानमा मात्र लागू हुनेछ र सीमित अवधिका लागि उपलब्ध रहनेछ।डिशहोम इन्टरनेट नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकमध्ये एक हो, जसले छिटो, भरपर्दो तथा ग्राहकमैत्री सेवा उपलब्ध गराउँदै आएको छ।

कम्पनीले नयाँ वर्षको विशेष योजनासँगै ग्राहकलाई थप मूल्य र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ। नयाँ जडानका लागि ग्राहकले नजिकको डिशहोम डिलर वा कम्पनीको सम्पर्क नम्बरमार्फत जानकारी लिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?