National life

रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोम र युटेलस्याटको निःशुल्क स्याटेलाइट इन्टरनेट

उक्त सेवा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको डिशहोमले जनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
११ दिन अगाडि|२३ भदौ २०८३, मङ्गलबार
913Shares
रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोम र युटेलस्याटको निःशुल्क स्याटेलाइट इन्टरनेट
ncell

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि रसुवाका बाढी प्रभावित क्षेत्रमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याट वनवेबसँगको सहकार्यमा बाढीबाट बढी प्रभावित क्षेत्रमा वैकल्पिक इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । उक्त सेवा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको डिशहोमले जनाएको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेटका भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि उद्धार, राहत तथा प्रभावित क्षेत्रसँगको समन्वयलाई प्रभावकारी बनाउन वैकल्पिक सञ्चार माध्यमका रूपमा स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गरिएको हो ।

डिशहोमका अनुसार हाल प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ ।

युटेलस्याट वनवेबको पृथ्वीको तल्लो कक्षमा रहने उपग्रह प्रविधिमार्फत उपलब्ध गराइएको उक्त सेवा बाढीका कारण क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा प्रयोग हुनेछ । यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा मानवीय सहायता र राहत कार्यमा संलग्न संस्थाबीच सूचना आदान–प्रदान, वास्तविक समयको समन्वय तथा आवश्यक तथ्यांक प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

डिशहोमले प्राकृतिक विपद्का समयमा भरपर्दो वैकल्पिक सञ्चार सेवा उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको जनाएको छ । विपद् व्यवस्थापन तथा पुनःस्थापनाको महत्वपूर्ण समयमा आवश्यकता अनुसार सेवा र स्रोत परिचालन गर्दै जाने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।

कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी तथा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता र प्राथमिकताको मूल्याङ्कन गर्ने जनाएको छ ।

दूरसञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुनःस्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानमा समेत स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै जाने डिशहोमले जनाएको छ ।

डिशहोम र युटेलस्याटले प्रविधिको प्रभावकारी उपयोगमार्फत विपद्का समयमा आपत्कालीन सञ्चार, उद्धार तथा राहत कार्यलाई सहज बनाउन तथा प्रभावित समुदायको आपत्कालीन प्रतिरोधात्मक क्षमता बलियो बनाउन योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
913SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?