National life

नर्भिक इन्टरनेसनल हस्पिटलमा मुटुरोगीलाई फोकस गरी निःशुल्क ओपीडी हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
560Shares
नर्भिक इन्टरनेसनल हस्पिटलमा मुटुरोगीलाई फोकस गरी निःशुल्क ओपीडी हुने
ncell

काठमाडाैं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार (असार १६ गते) फ्री कार्डियोलोजी ओपीडी हुने भएको छ।

गत शनिबार(असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिस्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपीडी सञ्चालन गरेको थियो। सर्वसाधारणहरुको अत्याधिक सहभागिता र मागका कारण डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सिलवालको टिमले आगामी शनिबार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको हो।

शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपीडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्ति जारी गरी जनाएको छ।

निःशुल्क ओपीडीमा सहभागिताका लागि अस्पतालको ल्यान्डलाइन नम्बर ०१५९७००३२ र मोबाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ।

नेपालीहरुमा पछिल्लो समय मुटुसम्बन्धी समस्या बढ्दो छ। यही कुरालाई मध्यनजर गरी फ्रि कार्डियोलोजी ओपीडी सञ्चालन भइरहेको हो।

नर्भिक इन्टरनेसनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपीडी सञ्चालन गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?