National life
cg eloctronics

जेन–जी आन्दोलन: निर्जीवन बीमकद्वारा ४ अर्ब ३८ करोड भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२३ मंसिर २०८२, मङ्गलबार
876Shares
जेन–जी आन्दोलन: निर्जीवन बीमकद्वारा ४ अर्ब ३८ करोड भुक्तानी
muktinatha bikash bank

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूले कुल अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब बढी दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।

बीमा प्राधिकराणले सार्वजनिक गरेको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको २३ अर्ब ४४ करोड दाबी रकममध्ये हालसम्ममा ४ अर्ब ३८ करोड ४८ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका हुन् ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव रू. १९ अर्ब १ करोडमध्ये करिव रू. ३ अर्ब १२ करोड २७ लाख र मोटर बीमातर्फ २ हजार ३०८ वटा बीमा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४८ करोडमध्ये करिव रू. १ अर्ब ९ करोड भुक्तानी भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिव रू. ५५ करोड ५५ लाख दाबी रकममध्ये करिव रू. ६ करोड ८१ लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिव रू. १ करोड ६९ लाख दाबी रकममध्ये करिव रू. ६६ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिव रू. ३८ करोड ४० लाख दाबी रकममध्ये करिव रू. ४९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

everest bank

बीमकहरूलाई करिव रू. २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
876SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?