National life

बाढीको क्षतिबाट बीमा कम्पनीमा रु.४.०३ अर्बको दाबी, हालसम्म जम्मा ०.४६% मात्रै भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२३ मंसिर २०८२, मङ्गलबार
691Shares
बाढीको क्षतिबाट बीमा कम्पनीमा रु.४.०३ अर्बको दाबी, हालसम्म जम्मा ०.४६% मात्रै भुक्तानी
ncell

काठमाण्डौ । असोज १८ गतेदेखि अविरल वर्षा र बाढी पहिरोका कारणले भएको क्षतिबाट बीमा कम्पनीहरुमा ४ अर्ब भन्दा बढीको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर १७ गतेसम्ममा बीमा कम्पनीहरुमा ४ अर्ब ३ करोड ९८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।

प्राधिकरणका अनुसार बाढी पहिरोको क्षतिका कारण बीमा कम्पनीहरुमा ७८१ वटा बीमा दावी परेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार बाढी पहिरोका कारण सबैभन्दा बढी सम्पत्ति बीमामा क्षति पुगेको छ ।

Royal Enfield
nic asia capital
सो अवधिसम्म ४१० वटा सम्पत्ति बीमाको दाबी परेको छ ।

त्यस्तै, ५० वटा सवारीमा क्षति पुगेको प्रारम्भिक विवरण छ । यता, २१० वटा कृषि, १०६ इञ्जिनियरिङ बीमालेख अन्तर्गत दावी पेश भएको देखिन्छ ।

कम्पनीहरुले बीमा दाबीको सुक्ष्म भुक्तानी गरेका छन् । हालसम्म बाढी पहिरोको कारण भएको क्षतिमा परेको कुल दाबीमा बीमकहरुले १ करोड ८७ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् । जुन यो कुल दाबी रकमको ०.४६ प्रतिशत मात्रै भुक्तानी रकम हो ।

सम्पत्ति बीमा अन्तर्गत ३ अर्ब ४५ करोड ३४ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । तर, कम्पनीहरुले ८२ लाख रुपैयाँ भुक्तानी दिएका छन् । यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत पनि ५० करोड ३७ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । तर, यसको भुक्तानी भने १ लाख ९० हजार रुपैयाँ मात्रै देखिन्छ ।

त्यस्तै, मोटर बीमा अन्तर्गत निजी तर्फ २ करोड ८२ लाख र सार्वजनिक तर्फ १ करोड ८ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । हालसम्म निजी मोटर बीमा अन्तर्गत ८७ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् । सार्वजनिक तर्फ भने अहिलेसम्म भुक्तानी भएको छैन् ।

यता, कृषि बाली बीमालेखमा पनि ४ करोड १३ लाख रुपैयाँ बराबरको दावी परेको छ । यसमा १३ लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ । यस्तै, लघुबीमा अन्तर्गत १२ लाख रुपैयाँ र सामुन्द्रिक बीमा तर्फ ९ लाख रुपैयाँ दावी पेश भएको छ ।

कुन कम्पनीमा कति दाबी/भुक्तानी

प्राधिकरणका अनुसार मंसिर १७ गतेसम्ममा सबैभन्दा ठुलो दावी एनएलजी इन्स्योरेन्स कम्पनीमा ७३ करोड १८ लाख रुपैयाँ परेको छ । तर, कम्पनीले हालसम्म ३१ लाख रुपैयाँ मात्रै भुक्तानी दिएको छ ।

दोस्रो धेरै रहेको शिखर इन्स्योरेन्समा ६४ करोड २५ लाख रुपैयाँ बराबरको ६० वटा दावी पेश भएका छन् । शिखर पनि बाढी पहिरोको क्षति उपर ३१ लाख ९६ हजार रुपैयाँ बराबरको भुक्तानी बीमितलाई दिएको छ ।

यता, युनाइटेड अजोडमा ५८ करोड ५६ लाख, सिद्धार्थ प्रिमियरमा ५२ करोड ३६ लाख, हिमालयन एभरेष्टमा ४० करोड ७३ लाख, नेशनलमा २९ करोड २४ लाख, ओरियण्टलमा २१ करोड ४३ लाख, आइजीआई प्रुडेन्सियलमा १७ करोड २९ लाख, सगरमाथामा १३ करोड ८१ लाख, प्रभूमा ११ करोड ९१ लाख, नेपाल इन्स्योरेन्समा १० करोड ५ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।

यता, नेको इन्स्योरेन्समा ७ करोड ९७ लाख, सानिमा जिआइसीमा २ करोड ९८ लाख, ट्रस्ट माइक्रोमा ८ लाख ४१ हजार र स्टार माइक्रोमा ८ लाख रुपैयाँ बराबरको दावी परेको छ ।

प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियरले १५ लाख ४७ हजार, हिमालयन एभरेष्टले ४ लाख ५९ हजार, ओरियण्टलले १२ लाख ३६ हजार, आइजीआइले ३४ लाख ४० हजार, सगरमाथा लुम्बिनीले १३ लाख ४५ हजार, नेपाल इन्स्योरेन्सले २९ लाख, नेकोले २ लाख ५३ हजार, सानिमाले ४ लाख र ट्रस्ट माइक्राले ७ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।

तर, हालसम्म बाढी पहिरोको क्षति उपर युनाईड अजोड, नेशनल, प्रभू र स्टार माइक्रोले भने भुक्तानी दिएका छैनन् ।

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?