National life

निरन्तर रूपमा उच्च स्तरको दबाबपछि आज काटिएका उद्योगमा बिजुली जोडिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
501Shares
निरन्तर रूपमा उच्च स्तरको दबाबपछि आज काटिएका उद्योगमा बिजुली जोडिने
ncell

काठमाडौँ । निरन्तर रूपमा उच्च स्तरको दबाब बढेपछि विद्युत् प्राधिकरणले काटिएका ६ वटा उद्योगमा आजै  लाइन जोड्ने भएको छ। ऊर्जा मन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशकबिच मङ्गलवार नै विद्युत् जडान गर्ने बारेमा सहमति भएको छ ।

आज मन्त्रालयमा भएको छलफलमा बक्यौता रहेका उद्योगीसँग रकम उठाउने गरी विद्युत् जडान गर्न कुलमान घिसिङ तयार भएको मन्त्रालय स्रोतले जनाएको छ । तीन महिनाभित्र बक्यौता तिर्ने सहमतिमा लाइन जोड्न  उनी तयार भएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ऊर्जा मन्त्री र कुलमान घिसिङबिच समझदारी बने पनि केही सञ्चालक समिति सदस्यले असहमति दर्ज गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले काटिएका उद्योगको लाइन तत्काल जोड्न शुक्रवार निर्देशन दिएका थिए।

आइतबार र सोमबार संसदमा सम्बोधनका क्रममा लाइन जोड्नुपर्ने  भन्दै उद्योगीको पक्षमा खुलेर वकालत गरेका छन्। प्रधानमन्त्रीको निर्देशन आएसँगै ऊर्जा मन्त्री दीपक खड्काले प्राधिकरण र सञ्चालक समितिलाई लाइन जोड्नुपर्ने भन्दै २ पटक बोर्ड बैठक राखी सके। तर सहमति हुन सकेन। मङ्गलवार बहुमत सदस्यले लाइन जोड्ने निर्णय गर्ने भएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?