National life

कुलमान घिसिङलाई महावीर पुनको सुझाव: ऊर्जा मन्त्रीसँगै आगामी निर्वाचन लडेर बदला लिनुस्

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ फागुन २०८१, शुक्रबार
685Shares
कुलमान घिसिङलाई महावीर पुनको सुझाव: ऊर्जा मन्त्रीसँगै आगामी निर्वाचन लडेर बदला लिनुस्
ncell

काठमाडौं। ऊर्जा मन्त्री दीपक खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच विवाद चुलिदै गएको परिप्रेक्ष्यमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा.महावीर पुनले ऊर्जा मन्त्री खड्कासँगै आगामी निर्वाचन लड्न घिसिङलाई सुझाव दिएका छन्।

ऊर्जा मन्त्री खड्काले अनावश्यक दुःख दिएको उल्लेख गर्दै डा.पुनले कुलमानलाई आगामी निर्वाचन लडेर बदला लिन सुझाव दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘आफूलाई दुःख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याइ दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु,’ पुनले सामाजिक सञ्जाल फेशबुुकमा लेखेका छन् ।

कार्यसम्पादन मूल्यांकनमा कुलमानलाई शून्य अंक दिने सचिव र सहसचिवमाथि पनि पुनले आक्रोश समेत पोखेका छन् । ती कर्मचारीलाई विवेकहीनको संज्ञा दिँदै पुनले उनीहरूचाहिँ शून्य अंकका हकदार भएको बताए ।

त्यस्ता कर्मचारीप्रति सचेत हुन आग्रह गर्दै उनले तिनले नेतालाई पंगु बनाएर देश नै डुबाउने आरोप लगाए ।

‘कुलमान घिसीङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले –९९ नम्बर दिन्छु। त्यस्ता विवेकहीन कर्मचारीले देश डुवाउँछन् र नेताहरूलाई पंगु बनाउँछन्,’ पुनको ठम्याइ छ।

कुशल व्यवस्थापकीय क्षमता प्रदर्शित गरेर नेपाललाई लोडसेडिङमुक्त पार्नुका साथै घाटा गएको नेपाल विद्युत् प्राधिकरणलाई केही समयदेखि सरकारले हटाउने तयारी गरिरहेको छ कुलमानलाई हटाउन सरकारले सक्रियता बढाएपछि सदनदेखि सडकसम्म यसको विरोध भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?