National life

निलम्बित महामन्त्री डा.ढकालले पार्टीको आधिकारिक महामन्त्री आफैं रहेको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ साउन २०८१, आइतबार
1.1kShares
निलम्बित महामन्त्री डा.ढकालले पार्टीको आधिकारिक महामन्त्री आफैं रहेको दाबी
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टीको आधिकारिक महामन्त्री आफैँ रहेको दाबी गरेका छन्।

आइतबार निर्वाचन आयोगमा निवेदन दिँदै ढकालले आफूलाई रास्वपाले कारबाही गर्न नसक्ने दाबी गरेका हुन्। असार २५ गते रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय समिति सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार निर्वाचन आयोगमा दर्ता भएको पत्रमा ढकालले पदमुक्त गरिएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनले यदि त्यस्तो कुनै पत्र आएमा अवैधानिक ठहर गर्दै अद्यावधिक नगर्न उनले आग्रह गरेका छन्।

ढकाललाई बर्खास्त गर्ने निर्णय गरे पनि पदमुक्त बारेमा पार्टीबाट आधिकारिक रूपमा कुनै पनि पत्र हालसम्म प्राप्त नगरेको ढकालको भनाइ छ। ढकालले निर्वाचन आयोगमा दाबी गरेको पत्रमा भनेका छन्,‘यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धीको ऐन, २०७३ को दफा ५१ बमोजिम तीन दिनभित्र अद्यावधिक गर्नका लागि त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अद्यावधिक नगर्नका लागि यो पत्र पेस गरेको छु।’

‘मैले कुनै पनि केन्द्रीय समिति सदस्य वा पदाधिकारीलाई बैठक सञ्चालनको अनुमति नदिएकाले मेरो अनुमति वा उपस्थिति बिना बसिएको पार्टीको कुनै पनि बैठक अवैधानिक हुनेछ,’ उनले भनेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?