काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले कार्यकर्तालाई वितरण गर्नेगरी ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा समावेश गरेको बताएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन्।
पूर्वअर्थमन्त्रीले सरकारले ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा चार मन्त्रालयमा मात्रै ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राखेको बताए।
उनले ५५ अर्ब राज्यको रकम पार्टीका कार्यकर्तामार्फत अधिकांश रकम दुरुपयोग हुने बताए। उनले सरकारले प्रतिवद्धता अनुसार ३ करोड भन्दा तलका आयोजनामा बजेट वितरण गरिएको बताए। उनले प्रधानमन्त्रीले बोल्ने मात्रै र कार्यान्वयन नगर्ने गरेको उल्लेख गरे।
उनले भने,‘सरकारले ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा चार मन्त्रालयमा हेर्दा ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा छन्। यी सबै उपभोक्ताको नाममा जसले बजेट राखेका हुन। उनीहरुले आफ्नो मान्छे मार्फत खर्च गर्छन अधिकांश कुठाउँमा पर्छ। त्यसको सदुपयोग हुँदैन। दुरुपयोग हुन्छ। भन्ने स्पष्ट हुँदा हुँदै पनि ३ करोड भन्दा तलका आयोजनामा बजेट वितरण गरिएको छ।’
उनले सरकारले बजेट विनियोजनमा पुरानै शैली दोहोर्याई रहनु दुभाग्यपूर्ण भएको बताए। उनले भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै स्थानीय सडक अन्तर्गतका ६५५ आयोजनामध्ये ८९ सय वटा आयोजनामा एक करोड भन्दा माथि रहेको बताए। काठमाडौं सडक बिस्तारमा ४३ मध्ये ४ वटामा मात्रै एक करोडमाथि र रणनीतिक सडक पुल निर्माणमा ६७९ आयोजनामध्ये ७२ वटा आयोजनामा मात्रै एक करोड भन्दा माथि रहेको महतको भनाई छ।





































