National life

EV Fire Safety: आगलागी हुनुअघि देखिन्छन् यी संकेत, मालिकले के बुझ्ने ?

Battery, Heat र Water Impact: EV मालिकले बुझ्नैपर्ने Safety Guide

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
६ दिन अगाडि|२८ भदौ २०८३, आइतबार
1.6kShares
EV Fire Safety: आगलागी हुनुअघि देखिन्छन् यी संकेत, मालिकले के बुझ्ने ?
ncell

यदि हामी केवल एउटा fail-safe feature मा ध्यान दिइरहेका छौं—“EV मा fire भयो भने कसरी बाहिर निस्कने?”—सायद हामीले EV safety को विषयलाई अझै पूरा रूपमा सोचेका छैनौं।

EV बारे हरेक owner ले केही basic कुरा बुझ्नु जरुरी छ। किनकि fire सुरु हुनुभन्दा अगाडि नै केही warning signs वा conditions हुन सक्छन्, जसलाई समयमै पहिचान र check गर्न सकिन्छ।

मेरो विचारमा, EV owner ले कम्तीमा यी कुराहरू बुझ्नु राम्रो हुन्छ:

1. Battery Type

आफ्नो EV मा LFP, NMC/NCA कुन battery chemistry प्रयोग भएको छ भनेर बुझ्नुहोस्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
Battery type अनुसार यसको characteristics र thermal behaviour फरक हुन्छ।

2. Electricity Flow

सामान्य EV मा electricity को flow broadly:

Battery → HV System → Inverter → Motor → Wheels

यससँगै BMS, contactor, fuse र DC/DC converter ले power र safety manage गर्छन्। यी system हरूले के गर्छन् भन्ने basic understanding हुनु उपयोगी हुन्छ।

3. Resistance र Heat

High-current system मा सानो unwanted resistance पनि महत्वपूर्ण हुन सक्छ।

उदाहरणका लागि, कुनै connector वा joint मा केवल 0.01Ω को unwanted resistance छ र त्यहाँ 200A current flow भइरहेको छ भने,resistance भएको ठाउँमा करिब 400W heat सुरु हुन्छ।

Power (P) = I² × R

= 200² × 0.01

त्यो heat सानो connector वा terminal को एउटै point मा लगातार concentrated भयो भने temperature बढ्दै जान सक्छ ।

त्यसैले connector, terminal, busbar र cable joint को condition पनि महत्वपूर्ण हुन्छ।

4. Underbody Impact → Battery System

Underbody मा impact भयो भने बाहिरबाट damage नदेखिए पनि battery enclosure, cells, HV cables, connectors, cooling system वा insulation प्रभावित भएको हुन सक्छ।

त्यसैले यस्तो impact पछि केवल body inspection गरेर मात्र नछोड्नु राम्रो हुन्छ।

5. Water Exposure → HV Isolation

Water-clogged road वा flooding पछि गाडी सामान्य रूपमा start भयो

भन्दैमा सबै ठीक छ भनेर मात्र नमान्नुहोस्।

HV isolation, HV cable, connector र battery enclosure properly check भएको छ कि छैन बुझ्नुहोस्।

6. Cooling System → आफ्नो EV मा के प्रयोग भएको छ बुझ्नुहोस्

Battery air-cooled, liquid-cooled वा refrigerant-based कुन system हो?

EV को battery cooling लाई ICE को सामान्य coolant system जस्तै मात्र नबुझ्नुहोस्। Correct coolant, leakage, coolant level, air in the system, pump/flow र thermal performance सबै महत्वपूर्ण हुन्छन्।

यदि refrigerant-based cooling छ भने यसको system अझ specific हुन्छ। त्यसैले आफ्नो vehicle को battery thermal-management system कसरी काम गर्छ भन्ने basic कुरा owner ले बुझ्नु राम्रो हुन्छ।

7. Temperature र ΔT

Battery को temperature मात्र होइन, विभिन्न Cell/Module temperature sensors बीचको difference पनि महत्वपूर्ण हुन सक्छ।

उदाहरणका लागि, एउटै समयमा एउटा sensor अर्कोभन्दा करिब 4°C बढी देखियो र समान operating condition मा यस्तो difference बारम्बार दोहोरियो भने further investigation गर्नुपर्ने red flag हुन सक्छ, चाहे vehicle सामान्य रूपमा चलिरहेको नै किन नहोस्।

8. BMS Data

Diagnosis गर्दा केवल “No Fault Found” भनेर मात्र सन्तुष्ट नहुनुहोस्।

सम्भव भए temperature, ΔT, cell/module voltage, current, HV isolation status र cooling-system status जस्ता actual diagnostic data बुझ्नुहोस्।

यो EV बाट डराउने होइन, EV लाई राम्रोसँग बुझ्ने र responsible owner बन्ने कुरा हो।

पानीमा गयो → HV Isolation सम्झौं।

Underbody impact भयो → Battery/HV/Cooling सम्झौं।

Coolant service भयो → Correct specification र cooling system सम्झौं।

Fast charging वा high load भयो → Temperature र ΔT सम्झौं।

Abnormal heating देखियो → Resistance र connection सम्झौं।

Fire भएपछि कसरी बाहिर निस्कने भन्ने safety feature निश्चित रूपमा महत्वपूर्ण छ।

तर एक responsible EV owner ले त्यसअघि पनि सोच्नुपर्छ—

What can go wrong? What can I check?

And what can I prevent?

यही basic understanding ले हामीलाई problem भएपछि मात्र react गर्ने होइन, problem हुनुअघि नै ध्यान दिन सक्ने owner र हुन सक्ने दुर्घटनाबाट समेत बच्न मद्दत गर्न सक्छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?