National life
cg eloctronics

भेस्पा–अप्रिलियाको खरिदमा १ लाख नगद लाभदेखि स्मार्टवाचसम्म, यस्ता छन् अफर

भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स५ प्ले स्मार्टवाच

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०२ असोज २०८३, शुक्रबार
1.8kShares
भेस्पा–अप्रिलियाको खरिदमा १ लाख नगद लाभदेखि स्मार्टवाचसम्म, यस्ता छन् अफर
muktinatha bikash bank

 काठमाडौं । डेल्टा अटोकर्प प्रा.लि., नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरकले दशैंको अवसरमा ‘दशैंको दक्षिणा’ नामक विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक खरिद लाभ प्राप्त गर्नेछन्। योजनाअन्तर्गत भेस्पा वा अप्रिलियाको स्कुटर खरिद गर्ने हरेक ग्राहकले अनर एक्स५ प्ले स्मार्टवाच प्राप्त गर्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै, ग्राहकले आफ्नो खरिदको माध्यमअनुसार थप लाभसमेत प्राप्त गर्न सक्नेछन्। नगदमा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद लाभ प्राप्त गर्न सक्नेछन् भने आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बेनिफिट प्राप्त गर्नेछन्। त्यसैगरी, फाइनान्समार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि ० प्रतिशत सर्भिस चार्ज को व्यवस्था गरिएको छ।

everest bank

योजनाबारे जानकारी दिँदै डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) विजय कुमार महतो ले भन्नुभयो, “दशैं हाम्रो संस्कार, परम्परा र आपसी सद्भावसँग जोडिएको विशेष पर्व हो। दशैंमा दक्षिणा दिने परम्परालाई ग्राहकसँगको हाम्रो सम्बन्धसँग जोड्दै ‘दशैंको दक्षिणा’ योजना ल्याएका हौं। यस योजनामार्फत भेस्पा वा अप्रिलिया खरिद गर्ने ग्राहकलाई उनीहरूको खरिदमा थप मूल्य र लाभ प्रदान गर्ने हाम्रो उद्देश्य हो। ग्राहकले नगद, एक्सचेन्ज वा फाइनान्समध्ये आफ्नो आवश्यकता र सुविधाअनुसार विकल्प छनोट गर्न सक्ने गरी योजना तयार गरिएको छ।” ‘दशैंको दक्षिणा’ योजनामा भेस्पा तथा अप्रिलियाका विभिन्न मोडलहरू समावेश छन्। ग्राहकहरूले डेल्टा अटोकर्पको आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल, योजना तथा लागू हुने लाभबारे विस्तृत जानकारी लिन सक्नेछन्।

दशैंको अवसरमा नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याइएको यस योजनाले नयाँ भेस्पा वा अप्रिलिया खरिद गर्ने ग्राहकलाई आफ्नो आवश्यकता तथा खरिदको माध्यमअनुसार विभिन्न लाभ छनोट गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

यो योजना दशैंको अवसरमा सीमित अवधिका लागि लागू हुनेछ। योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकको आधिकारिक भेस्पा तथा अप्रिलिया डिलरशिपमा सम्पर्क गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?