National life
cg eloctronics

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|०३ असोज २०८३, शनिबार
1.8kShares
सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा
muktinatha bikash bank

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत घोषणा गर्दै राष्ट्रपति ट्रम्पले ती सञ्चार संस्थाले आफू, ट्रम्प प्रशासन र अमेरिकाबारे समाचार सम्प्रेषण गर्दा ‘झुटा’ र ‘मनगढन्ते’ सामग्री प्रकाशन तथा प्रसारण गरेको आरोप लगाएका हुन् । यद्यपि, उहाँले आरोप पुष्टि हुने कुनै विशेष समाचार वा रिपोर्टको उदाहरण भने दिएका छैनन्।

राष्ट्रपति ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई तत्काल प्रभावबाट ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने बताउँदै अन्य ‘फेक न्युज’ सञ्चार संस्थामाथि पनि कारबाही गरिने चेतावनी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

ट्रम्पको घोषणाप्रति प्रतिक्रिया जनाउँदै सीएनएनले यसलाई अमेरिकी प्रेस स्वतन्त्रतामाथिको ‘गैरकानुनी हमला’ भएको जनाएको छ। नेटवर्कले ह्वाइट हाउसमा खटिएको आफ्नो समाचार टोली र निष्पक्ष तथा सटीक रिपोर्टिङप्रति आफू प्रतिबद्ध रहेको बताएको छ।

सीएनएनले अमेरिकी संविधानले सरकार वा राष्ट्रपतिको हस्तक्षेपबिना प्रशासनसम्बन्धी समाचार संकलन तथा सम्प्रेषण गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै ट्रम्पको घोषित प्रतिबन्ध कार्यान्वयन भएमा त्यो संवैधानिक अधिकारमाथिको गैरकानुनी हस्तक्षेप हुने जनाएको छ।

पोलिटिकोले पनि ह्वाइट हाउस प्रशासनसम्बन्धी निष्पक्ष रिपोर्टिङलाई निरन्तरता दिने जनाएको छ। प्रेस स्वतन्त्रता सीमित गर्ने कुनै पनि प्रयासको आफूले दृढतापूर्वक विरोध गर्ने संस्थाको भनाइ छ।

everest bank

यसैबीच, एमएस नाउले भने ट्रम्पको घोषणाबारे तत्काल कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?