National life

भन्सार विभागका महानिर्देशकसँग अटोमोवाइल बस्तुको गुणस्तर विषयक छलफल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ जेठ २०८१, शुक्रबार
633Shares
भन्सार विभागका महानिर्देशकसँग अटोमोवाइल बस्तुको गुणस्तर विषयक छलफल
ncell

काठमाडौँ। भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासँग नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले भन्सार मूल्यांकनमा परिरहेको समस्याका बारेमा छलफल गरेको छ।

छलफलमा चौधरीले वर्तमान बजेटमा सवारी साधनमा मूल्य अभिवृद्धि कर लाग्ने भन्ने उल्लेख नभएको सन्दर्भमा व्यवसायीले मूल्य अभिवृद्धि कर लिने वा नलिने अन्यौलता भएको बताएका छन्।

वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भन्सार विभागले जेठ २१ मा मालबस्तु छुटाई लैजाने सम्बन्धमा जारी गरेको सूचनाका बारेमा जिज्ञासा राख्दै वर्तमान समयमा तोकिएको समयमा भन्सार बिन्दुहरूमा रहेका सवारी तथा ढुवानीको जाचपास गर्न नसकिने भएकाले सयम थप गर्नका लागी आग्रह गरेका छन् ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भन्सारसँग सम्बन्धित ७ बुँदे लिखित सुझाव प्रस्तुत गर्दे टायर लुव्रिकेन्टस जस्ता अटोमोवाइल बस्तुको गुणस्तर मापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामान आयात गर्न सरकारले प्राथमिकता दिनु पर्नु माग राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसबाट देशमा रोजगारी सिर्जना हुने र देश आत्मनिर्भरतर्फ अग्रसर हुने  महासचिव उप्रेतीको भनाई छ ।

नेपालमै सिकेडी मोडेलमा अटोमोवाइल वस्तु उत्पादन गर्न सकिने र भारतबाट अटोमोवाइल कवाडी सामान आयात हुँदा व्यवसायमा असर परिरहेको उप्रेतीको धारणा थियो। एक्जीम कोडको नवीकरण अवधि १ वर्षबाट ५ वर्ष पुर्‍याउने व्यवस्था गर्न समेत उनको आग्रह छ ।

नाडाका सचिवविक्रम सिंहानियाले दिल्ली-नेपाल चल्ने बसबाट अटोमोवाइल वस्तुको अनधिकृत आयात हुने गरेको, एयरपोर्ट कुरियरमार्फत अटोमोवाइल कम्पोनेन्ट आउने गरेकोले सरकारले सीमामा कडाइ गर्नु बताएका छन् । त्यस्तै नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले मौद्रिक नीतिका विषयमा गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गर्दै ऋणको सीमा ५० प्रतिशतबाट ७५ प्रतिशत बनाउन माग राखेको छ ।

उक्त छलफलहरुमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य नवराज भुषाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?