National life

रास्वपाको राजनीतिक यात्रा विवेकशील साझाको अवस्थामा रहेको महामन्त्री ढकालको निचोड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
502Shares
रास्वपाको राजनीतिक यात्रा विवेकशील साझाको अवस्थामा रहेको महामन्त्री ढकालको निचोड
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले समीक्षा यात्राको प्रतिवेदन तयार पारेका छन्।

उक्त प्रतिवेदनमा हाल रास्वपाको अवस्था विवेकशील साझाको अवस्थामा अवस्थामा रहेको ढकालको निचोड रहेको छ। उपनिर्वाचनमा इलाम–२ मा रास्वपाको जनमत ध्वस्त भएपछि समीक्षा यात्रा गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही समीक्षा यात्राको प्रतिवेदनमा उनले सभापति रवि लामिछानेलाई पनि सांकेतिक प्रहार गरेका छन्। उनले ‘म सहदेव बन्ने पक्षमा छैन’ भन्दै चुप लागेर नबस्ने पनि बताएका छन्। प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि यसलाई सार्वजनिक गर्नुपर्ने ढकालले माग राखेका छन्।

उनले प्रतिवेदनमा लेखेका छन्,‘आज पार्टीको वर्तमान भनेको जनमत छैन। जनमत कति छ त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मे हम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सिट जित्ला। भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ।’

उनले भनेका छन्,‘सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो। तर त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउलान् भनेर श्रीकृष्णले आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए । त्यसैले महाभारतमा सबै थाहा भए पनि उनी चुप थिए। म सहदेव बन्दिन।’

उनले अहिलेको अवस्थाबारे सत्य तथ्य बाहिर ल्याउँदा या भन्दा आफूलाई महामन्त्री पदबाट हटाउन सक्ने आशंकाबारे पनि उल्लेख गरेका छन्। यसक्रममा भनेका छन्,‘मलाई हटाइन पनि सक्छ या मेरो महामन्त्री पदको मृत्यु हुन पनि सक्छ।’

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?