National life
cg eloctronics

सहकारी मार्फत ठगी गर्नेहरूको कारण ठुला सहकारीको बदनाम भयो: अध्यक्ष ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
687Shares
सहकारी मार्फत ठगी गर्नेहरूको कारण ठुला सहकारीको बदनाम भयो: अध्यक्ष ओली
muktinatha bikash bank

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठगी गर्नेहरूकै कारण केही ठुला सहकारी संकटग्रस्त अवस्थामा पुगेको बताएका छन्।

अध्यक्ष ओलीले सहकारीलाई माध्यम बनाएर ठगी गर्नेहरूको कारण ठुला केही सहकारी बदनाम र संकटग्रस्त हुन गएको बताएका छन् । सहकारी संस्थाहरू सबै बदनाम र संकटग्रस्त नभएको ओलीको जिकिर छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनले भने, ‘साना साना सहकारी बनाउनुस्। अहिले सहकारीका केही गैरसहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरू, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू सहकारी प्रवेश गरेको हुनाले केही सहकारी ठुलो सहकारी बदनाम भएका छन्। त्यहाँ समस्याग्रस्त भएको छ। ती संकटग्रस्त छन्। तर साँच्चैका सहकारीहरू संकटग्रस्त हुँदैनन्, छैनन् पनि। ती त्यसका आफ्ना नियमहरू छन्।’

everest bank

पार्टी निकट जन वर्गीय संगठन संयन्त्रद्वारा काठमाडौँमा सुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै अध्यक्ष ओलीले सहकारीहरू नियममा बसेर अघि बढ्ने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने उनको जिकिर छ ।

महिला दिदीबहिनीहरूले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए।

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?