National life

सुनको आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज नगरे आन्दोलन गर्छौ: अध्यक्ष शाक्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ जेठ २०८१, शुक्रबार
644Shares
सुनको आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज नगरे आन्दोलन गर्छौ: अध्यक्ष शाक्य
ncell

काठमाडौँ। सुनचाँदी व्यवसायमा आबद्ध तीन वटा प्रतिनिधिमूलक संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला संघको संयुक्त टोलीले सुनको आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको छ ।

शुक्रवार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै तीन वटा प्रतिनिधिमूलक संस्थाले सरकारले आ.व.२०८१-०८२ को भन्सार विधेयक मार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत बनाएमा विरोध गर्दै उक्त सीमा खारेज गर्न माग गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुलुक भरका सुनचाँदी पेशा व्यवसायी सँग प्रत्यक्ष रूपमा जोडिएको र आ-आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसलाई आवश्यक पर्ने सुन जस्तो संवेदनशील वस्तुमा यसरी निरन्तर रूपमा भन्सार दर वृद्धि भएकोमा तीन वटै महासंघको गम्भीर ध्यानाकर्षण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको भनाई छ ।

अध्यक्ष शाक्यले भने  गत वर्ष पनि सरकारले भन्सार महसुल विधेयक २०८० मार्फत सुनको आयातमा लाग्ने भन्सार महसुल वृद्धि गरेको हो। जसका कारण विश्व बजारमा निर्यात प्रतिस्पर्धामा उत्रन कठिन अवस्थाको हामीले सामना गरिरहनुपरेको छ।

यस्तो अवस्थामा व्यवसायी संघको कुनै पनि सरसल्लाह विना एकाएक भन्सार दर वृद्धि गरिए पछि सिङ्गो सुनचाँदी व्यवसायमा ठुलो समस्या पर्ने अवस्था आएको छ । जुन हामीलाई शैय छैन । नेपालमा २० हजार भन्दा बढी सुनचाँदी व्यवसायी प्रत्यक्ष रूपमा यो व्यवसायमा जोडिएको छन् ।

राज्यले यो व्यवसायबाट बर्सेनि अबौं रुपैयाँ राजस्व समेत प्राप्त गर्दै आइरहेको अवस्थामा यो व्यवसाय विश्व बजार र त्यहाँको मूल्यसँग प्रतिस्पर्धामा उत्रन सक्नु पर्ने प्रकृतिको व्यवसाय भए पनि सरकारले व्यवसायीसँगको सल्लाह र सहमति विना नै एकाएक यसरी बर्सेनि भन्सार दर वृद्धि गर्दै लैजाँदा व्यवसाय नै धरापमा पर्ने अवस्था आएको अध्यक्ष शाक्यको भनाई छ ।

आज अर्थमन्त्री पुनसँग भेट गर्दै यही धारणा राखेको उनको भनाई छ । जवाफमा अर्थमन्त्री पुनले व्यवसायीको मागलाई आफूले सकारात्मक रूपमा लिएको उनको भनाई छ । अर्थमन्त्रीले व्यवसायीहरूले राखेका समस्यालाई कसरी समाधान गर्न सकिन्छ त्यस विषयमा आवश्यक पहल गर्ने विश्वास दिलाएको जनाएका छन् ।

व्यवसायीको मागलाई गंभिर रूपमा नलिएको खण्डमा आम व्यवसायी आन्दोलनको तयारीमा जुट्ने जनाउँदै  सरकारले व्यवसायीको रोजीरोटी खोस्ने र उपभोक्ताको सामान्य मूल्यमा सुन उपभोग गर्न पाउने अधिकार हनन नगर्न सरकारलाई आग्रह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?