National life

ब्यूरोबाट खटिएका प्रहरी भन्दै लुटपाट गर्ने तीनजना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
430Shares
ब्यूरोबाट खटिएका प्रहरी भन्दै लुटपाट गर्ने तीनजना पक्राउ
ncell

कञ्चनपुर । कञ्चनपुरबाट अपहरण गरेर लुटपाट गर्ने तीनजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय झलारीले अपहरण गरेर लुटपाटमा संलग्न तीनजनालाइ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका-५ का बाश्शा भनिने रवि साउदसहित सुरेन्द्र विष्ट (ल्याङ) र भुवन ऐर रहेका छन् ।

प्रहरीको विशेष ब्यूरोबाट सादा पोशाकमा खटिएका प्रहरी हौँ भनेर शुक्रबार दुई भारतीय नागरिकलाई उनीहरुले अपहरण गरेर लुटपाट गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भारतको पिलिभितका २४ वर्षीय मोहित कुमार र उनीसँगैका उद्यमसिंहनगर घर भई हाल महेन्द्रनगरमा काम गर्ने अशरफ अहमदलाई सादा पोशाकका प्रहरी हौँ भनेर अपहरण गरेका थिए ।

भारतीय नागरिकलाई कलुवापुरस्थित कालिका सामुदायिक जंगलमा लगेर उनीहरुले यूके ०६ एजे ८०४२ नम्बरको मोटरसाइकल, मोबाइल, १९ हजार नगद, भारतीय आधार कार्ड र सवारी चालक अनुमति पत्र लुटेका थिए ।

राति नै लुटपाटमा परेका भारतीय नागरिकले अस्थायी प्रहरी बिट कलुवापुर जानकारी गराएका थिए ।

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न तीनजनालाई समातेको हो । पक्राउ परेको तीनैविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
430SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?