National life

घरजग्गा कारोबारमा सरकारको कडाइ: कम्पनीमार्फत कारोबार अनिवार्य, राजस्व बढ्ने अपेक्षा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|११ पुस २०८२, शुक्रबार
1.2kShares
घरजग्गा कारोबारमा सरकारको कडाइ: कम्पनीमार्फत कारोबार अनिवार्य, राजस्व बढ्ने अपेक्षा
ncell

काठमाडौँ । तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा खरिद–बिक्री अनिवार्य रूपमा फर्म वा कम्पनीमार्फत गर्नुपर्ने सरकारी व्यवस्था कार्यान्वयनको चरणमा पुगेको छ। यससँगै वार्षिक खर्बौँ रुपैयाँ बराबरको घरजग्गा कारोबार औपचारिक नियमनको दायरामा आउने अपेक्षा गरिएको छ। सरकारले लागू गर्न लागेको यो व्यवस्थाप्रति निजी क्षेत्रको उल्लेख्य चासो देखिएको छ।

घरजग्गा कारोबारका लागि इजाजत लिन हालसम्म १ सय ९७ वटा कम्पनीले भूमि व्यवस्थापन विभागमा निवेदन दर्ता गराएका छन्।

Royal Enfield
nic asia capital
निवेदन दिने अन्तिम म्याद गत मंसिर २७ गतेसम्म तोकिएको थियो। दुईपटक म्याद थप गरी कुल ४५ दिनसम्म आवेदन खुला गरिएकोमा सो अवधिभित्र आवश्यक कागजातसहित कम्पनीहरूले निवेदन दिएका हुन्। हाल विभागले ती निवेदनमाथि प्राविधिक तथा कानुनी छानबिन प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

विभागका अनुसार सबै मापदण्ड पूरा गर्ने कम्पनीलाई छिट्टै इजाजत प्रदान गरिनेछ। भूमि व्यवस्था मन्त्रालयले इजाजत वितरणपछि तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार कम्पनीमार्फत मात्रै गर्नुपर्ने नियम तत्काल कार्यान्वयनमा ल्याइने स्पष्ट पारेको छ।

नियमअनुसार कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई कर दायित्व पूरा गरेका कम्पनीहरू मात्र इजाजतका लागि योग्य हुनेछन्। मालपोत ऐन, २०३४ ले प्राकृतिक व्यक्ति वा कानुनी व्यक्तिबीच घरजग्गा कारोबार गर्दा इजाजतपत्र अनिवार्य गरेको छ। सोही ऐन कार्यान्वयन गर्दै सरकारले २०८२ असोज २७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एक पटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार फर्म वा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो।

इजाजत लिने कम्पनीले तोकिएको राजस्व पनि सरकारलाई बुझाउनुपर्नेछ। पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीले पाँच लाख रुपैयाँ र १० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले १० लाख रुपैयाँ इजाजत शुल्क तिर्नुपर्ने विभागले जनाएको छ। नयाँ व्यवस्थाले घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने विश्वास विभागका अधिकारीहरूले व्यक्त गरेका छन्। यसबाट सरकारी राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

मंसिरमा घरजग्गा कारोबारमा तीव्र वृद्धि 

जेनजी आन्दोलनपछि सुस्ताएको घरजग्गा कारोबार मंसिर महिनादेखि पुनः चलायमान भएको देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार ८२ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरमा देशभर ५१ हजार ६ सय ३२ वटा घरजग्गा कारोबार भएका छन्। कात्तिकमा यो संख्या २८ हजार ३ सय ८३ मात्रै थियो। विभागका अनुसार मंसिर महिनाको कारोबार चालु आर्थिक वर्षकै अहिलेसम्मकै उच्च हो।

कारोबार बढेसँगै सरकारी राजस्व संकलनमा पनि उल्लेख्य सुधार आएको छ। मंसिर महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। कात्तिकमा भने २ अर्ब ७४ करोड रुपैयाँ मात्रै राजस्व उठेको थियो।

सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरलगायत शीर्षकमा राजस्व संकलन गर्दै आएको छ। तीमध्ये रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरबाट सबैभन्दा बढी आम्दानी हुने विभागको भनाइ छ।

गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा पनि कारोबारमा वृद्धि देखिएको छ। गत वर्ष मंसिरमा ४३ हजार ३ सय कारोबार हुँदा ३ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। यस आधारमा चालु वर्षको मंसिरमा घरजग्गा कारोबार १९ प्रतिशतले वृद्धि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?