National life
cg eloctronics

घरजग्गा कारोबार गर्न हालसम्म १४० कम्पनीले दिए आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२४ मंसिर २०८२, बुधबार
1.3kShares
घरजग्गा कारोबार गर्न हालसम्म १४० कम्पनीले दिए आवेदन
muktinatha bikash bank

काठमाडौँ । सरकारले घरजग्गा कारोबार गर्ने कम्पनीहरूले अनिवार्य रूपमा अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरेसँगै अहिलेसम्म १४० कम्पनीको आवेदन प्राप्त भएको छ।

भूमि व्यवस्था मन्त्रालयको अनुसार, सरकारले गत २७ असोजमा राजपत्रमा सूचना प्रकाशित गर्दै, एक पटकमा ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने कम्पनीले अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो। घरजग्गा कारोबार गर्ने कम्पनीहरूले २७ मंसिरभित्र अनुमतिपत्रका लागि आवेदन दिनुपर्ने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सरकारले हालका लागि देशभरका महानगर र उपमहानगरमा कम्पनीमार्फत एक पटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्दा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ।

राजपत्रमा प्रकाशन अनुसार, मालपोत ऐन, दफा २६ को ‘क’ र ‘ख’ अनुसार इजाजतपत्र लिनुपर्ने व्यवस्था उल्लेख गरिएको छ। ‘क’ उपदफामा तोकिएको रकम वा क्षेत्रफलभन्दा बढीको कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने उल्लेख छ भने ‘ख’ उपदफामा आवेदन दिनुपर्ने प्रक्रिया निर्दिष्ट गरिएको छ।

इजाजतपत्रका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक तोकिएका अधिकारी हुन्। आवेदन बुझाउँदा कम्पनी वा फर्मले दर्ता प्रमाणपत्रको प्रतिलिपि, प्रबन्धपत्रको प्रतिलिपि, अद्यावधिक सेयर लगतको प्रतिलिपि, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र र व्यावसायिक कार्ययोजना पेश गर्नुपर्ने नियमावलीमा उल्लेख छ।

everest bank

त्यसैगरी, सञ्चालक समितिको निर्णयको प्रतिलिपि, कम्पनीको वेबसाइट, इमेल र सम्पर्क व्यक्तिको नम्बर समेत आवेदनसँगै बुझाउनुपर्ने व्यवस्था छ। आवेदन बुझाएपछि महानिर्देशकले आवश्यक मापदण्डअनुसार कागजात जाँच गरी ‘क्वालिफाई’ गरेपछि राजस्व बुझाउन लगाइने मन्त्रालयको भनाई छ।

इजाजतपत्र प्राप्त भएपछि, कम्पनी वा फर्मले एक पटकमा पाँच करोड रुपैयाँसम्म कारोबारका लागि पाँच लाख रुपैयाँ र पाँच करोडभन्दा बढी कारोबारका लागि १० लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने नियमावलीमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?