काठमाडौं। चालु आर्थिक वर्षको कात्तिकसम्म घरजग्गा कारोबारबाट असुल हुने पुँजीगत लाभकर पाँच करोड रुपैयाँले घटेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षको यसै अवधिमा ४ अर्ब ५१ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो। तर चालु आवको कात्तिकसम्म ४ अर्ब ४४ करोड रुपैयाँ मात्र उठेको छ।
https://www.youtube.com/watch?v=jOgIVDqcv8Q
गत वर्षको तुलनामा यस वर्ष घरजग्गा कारोबार र राजस्व दुवैमा आईपरेको गिरावटले पुँजीगत लाभकर संकलनमा पनि असर पारेको विभागको निष्कर्ष छ। विभागका अनुसार चालु आवको चार महिनामा कारोबार र राजस्व दुवै करिब ६ प्रतिशतले घटेका छन्। गत आवको कात्तिकसम्म १२ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आवमा यो रकम ११ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ, जसले ६.२२ प्रतिशतको कमी देखाउँछ।
घरजग्गा कारोबारको संख्या पनि घटेको छ। गत आवको कात्तिकसम्म ४ लाख ३९ हजार थान कारोबार भएकोमा चालु आवमा ४ लाख १४ हजार कारोबार मात्रै भएको विभागले जनाएको छ। यो छुट २५ हजार थानको हो, जुन झन्डै ६ प्रतिशतले कमी बराबर छ। विभागका अनुसार असोजसम्म ८३ करोड रुपैयाँले घटेको राजस्व, कात्तिकमा आइपुग्दा कम्तीमा ७९ करोड रुपैयाँले कम भएको छ।
https://aarthikvoice.com/archives/77508
जग्गाको वास्तविक मूल्य बढ्दै गए पनि कारोबारको गति ढिलो हुँदा पुँजीगत लाभकर संकलनमा कमी देखिएको विभागको विश्लेषण छ। कानुनअनुसार कुनै पनि घरजग्गा खरिद गरेको पाँच वर्षभित्र बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर बुझाउनुपर्छ, जबकि पाँच वर्षपछि बिक्री गर्दा साढे २ प्रतिशत मात्र कर लाग्छ। त्यसैले पाँच वर्षभित्र हुने कारोबार बढे पुँजीगत लाभकर पनि बढ्ने विभागको भनाइ छ।
https://www.youtube.com/watch?v=qRNPKQEtIGo
सरकारले घरजग्गा कारोबारमा रजिष्ट्रेशन शुल्कसहित करिब आधा दर्जन शीर्षकमा राजस्व असुल गर्छ। यीमध्ये रजिष्ट्रेशन शुल्कपछि सबैभन्दा ठूलो हिस्सा पुँजीगत लाभकरकै हो। गत आर्थिक वर्षमा मासिक औसत ४ अर्ब ८ करोड रुपैयाँ राजस्व उठेको थियो। त्यसमध्ये पुँजीगत लाभकर मासिक औसत १ अर्ब ५१ करोड रुपैयाँका दरले संकलन भएको विभागले जनाएको छ।
https://www.youtube.com/watch?v=cY1n035RpOg

































