National life

निजी क्षेत्रका लागि ८२ अर्ब ९३ करोडले बढ्यो कर्जा , कुन क्षेत्रमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1.3kShares
निजी क्षेत्रका लागि ८२ अर्ब ९३ करोडले बढ्यो कर्जा , कुन क्षेत्रमा कति ?
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ काे पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८२ अर्ब ९३ करोड रुपैयाँले वृद्धि भएको छ। यो वृद्धि अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.५ प्रतिशतले बढी हो।

नेपाल राष्ट्र बैंककाले प्रकाशन गरेको विवरण अनुसार असोज मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५५ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँमा पुगेको छ।

Royal Enfield
nic asia capital
गत वर्षको यसै अवधिमा कर्जा प्रवाह २.५ प्रतिशत अर्थात् १ खर्ब २८ अर्ब ६५ करोडले बढेको थियो ! जोकि यस वर्षको वृद्धि दरभन्दा उच्च हो।

निजी क्षेत्रमा गएको कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रले ६२.८ प्रतिशत हिस्सा ओगटेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रले ३७.२ प्रतिशत अंश लिएको छ। अघिल्लो वर्ष यो अनुपात क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत थियो।तीन महिनाको अवधिमा कर्जा प्रवाहको संरचना हेर्दा वाणिज्य बैंकको कर्जा १.६ प्रतिशत, विकास बैंकको ०.५ प्रतिशत र वित्त कम्पनीको १.६ प्रतिशतले बढेको पाइएको राष्ट्र बैंकले जनाएको छ।

२०८२ असोज मसान्तसम्म लगानीमा रहेको कर्जाको धितो संरचनामा चालु सम्पत्तिको सुरक्षण (कृषि तथा गैर–कृषिजन्य वस्तु) मा आधारित कर्जा १५.० प्रतिशत पुगेको छ भने घरजग्गा धितो कर्जाको अंश ६४.३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो अनुपात क्रमशः १३.४ प्रतिशत र ६५.८ प्रतिशत थियो।

क्षेत्रगत कर्जा प्रवाह हेर्दा निर्माण क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत, यातायात–सञ्चार तथा सार्वजनिक सेवातर्फ २.४ प्रतिशत, औद्योगिक उत्पादनमा २.४ प्रतिशत, उपभोग्य सामग्री क्षेत्रमा १.६ प्रतिशत, र थोक–खुद्रा व्यापार क्षेत्रमा १.४ प्रतिशतले वृद्धि भएको छ। तर सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशतले घटेको छ।

कर्जाका प्रकारगत सूचकहरूमा रियल एस्टेट तथा व्यक्तिगत आवासीय कर्जा ३.२ प्रतिशत, मार्जिन कर्जा ३.० प्रतिशत, क्यास क्रेडिट कर्जा २.७ प्रतिशत, आवधिक कर्जा ०.७ प्रतिशत, तथा हायर पर्चेज कर्जा ०.६ प्रतिशतले बढेका छन्। अर्कोतर्फ, ट्रष्ट रिसिट (आयात) कर्जा ४.३ प्रतिशत र अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?