National life

नेपाल पुनर्बीमाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
552Shares
नेपाल पुनर्बीमाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीको ५ लाख कित्ता लिलामी शेयरमा खरिद आवेदन दिने आज कात्तिक १२ गते अन्तिम दिन रहेको हाे ।

कम्पनीले गत कात्तिक ३ गतेबाट संस्थापक समूहको ५ लाख कित्ता शेयर बिक्रीमा राखेको थियो । यो शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ। ईच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?