National life

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
599Shares
नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
ncell

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीको १० लाख कित्ता सेयर आज असोज ८ गतेबाट बिक्रीमा राखिएको हाे ।

यो सेयरमा विद्यमान सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १४ गतेसम्म तोकिएको छ ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसियाको काठमाण्डौको थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?