National life

अपी पावर कम्पनीले हकप्रद शेयर जारी गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
1.1kShares
अपी पावर कम्पनीले हकप्रद शेयर जारी गर्दै
ncell

काठमाडौं । अपी पावर कम्पनीले हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले साउन ३१ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको हाे।

कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०.४ अर्थात ४० प्रतिशत हकप्रद बिक्री खुला गर्न लागेको हो।

Royal Enfield
nic asia capital
जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

कम्पनीले हकप्रद सेयर बिक्री गर्न गत असार २२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र यो हकप्रद भर्न पाउनेछन्।

यसमा लगानीकर्ताले आउँदो भदौ १९ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले अपी पावरको कार्यालय, मुक्तिनाथ क्यापिटलको कार्यालय र मुक्तिनाथ बैंकका तोकिएका शाखा तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?