National life

उद्यमीले गरिमा विकास बैंकबाट सहुलियत ब्याजमा कर्जा पाउने सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
543Shares
उद्यमीले गरिमा विकास बैंकबाट सहुलियत ब्याजमा कर्जा पाउने सम्झौता
ncell

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन फेडेरेशन अफ इलेक्ट्रिकल इन्टरपेनर्श अफ नेपालबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ

उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र संस्थाका अध्यक्ष रेशमप्रसाद देवकोटाले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुलाई गरिमा विकास बैंकमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ्ग कारोबार गर्नका लागि सहजीकरण गर्नेछ ।

सो संघमा आबद्ध उद्यमीहरुले बैंकबाट केही समयअधि सार्वजनिक गरेको आर्कषक व्याजदर योजना अन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरु समेत प्राप्त गर्नेछन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क समेत स्थापना गरी कार्य गर्नेछ । बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?