National life

मुगुको गमगडिमा प्रभु बैंकको ३०६ औं शाखा सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
538Shares
मुगुको गमगडिमा प्रभु बैंकको ३०६ औं शाखा सञ्चालनमा
ncell

काठमाडौँ । प्रभु बैंक लिमिटेडले मुगुमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ४ गतेदेखि मुगु,छायानाथ रारा नगरपालिका–२ मा स्थित गमगढीमा ३०६ औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेका जनाएको छ । बैंकले यो अभियानले देश भरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उल्लेख गरेको छ ।

Royal Enfield
nic asia capital

बैंकको गमगढी शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले नेपालभर रहेका ३०६ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?