National life
cg eloctronics

महिलाको सुरक्षित यात्राका लागि निःशुल्क ‘ब्लू बस’, साउन १ देखि उपत्यकामा सुरु हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१८ असार २०८३, बिहिबार
1.4kShares
महिलाको सुरक्षित यात्राका लागि निःशुल्क ‘ब्लू बस’, साउन १ देखि उपत्यकामा सुरु हुने
ncell

काठमाडौं । आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा सुरु गर्ने तयारी गरिएको छ। पहिलो चरणमा आठ वटा बस सञ्चालन गर्ने योजना बनाइएको छ।

महिलाको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले ल्याएको १०० दिने कार्यसूचीअन्तर्गत यो सेवा सुरु गर्न लागिएको हो। दीर्घकालमा सातै प्रदेशमा निःशुल्क सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रारम्भिक १०० दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग आवश्यक स्वीकृति प्रक्रिया अघि बढाइसकेको छ।

पहिलो चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई बस, थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई बस र चक्रपथ क्षेत्रमा चार बस सञ्चालन गरिनेछ। चक्रपथका बसहरू दुवै दिशामा चलाइने जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?