जनकपुरधाम । लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडद्वारा उत्पादित ओमशिवम पाइप एन्ड फिटिङको आयोजनामा जनकपुरमा प्राविधिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा यस क्षेत्रका विभिन्न प्राविधिक तथा प्लम्बरहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिकहरूसँग ओमशिवम पाइप एन्ड फिटिङका उत्पादन, गुणस्तर, प्रयोग विधि तथा बजारमा देखिएका प्राविधिक विषयमा अन्तरक्रिया गरिएको थियो ।
कम्पनीले प्राविधिकहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै बजारमा गुणस्तरीय उत्पादन तथा प्राविधिक सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडका नायब महाप्रबन्धक विक्रम खतिवडाले ओमशिवम पाइप एन्ड फिटिङको बजार विस्तार तथा गुणस्तरीय सेवाका लागि प्राविधिकहरूको साथ र सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्राविधिकहरूको हित र सुरक्षाका लागि कम्पनी सधैँ तयार रहेको उल्लेख गर्दै प्रत्येक प्राविधिकका लागि रु ७ लाखसम्मको बीमा सुविधा कम्पनीले गरेको जानकारी दिनुभयो।
खतिवडाले प्राविधिकहरू कम्पनीका महत्वपूर्ण साझेदार भएकाले उनीहरूको परिवार र बालबालिकाको भविष्यप्रति समेत कम्पनी संवेदनशील रहेको बताउनुभयो। प्राविधिकका बालबालिकाको शैक्षिक स्तर विकासमा सहयोग र्पुयाउने उद्देश्यले कार्यक्रममा सहभागी प्राविधिकका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा जनकपुर क्षेत्रका ओमशिवम पाइप एन्ड फिटिङका डिस्ट्रिब्युटर राघव मुरारकाले प्राविधिक तथा प्लम्बरहरू कम्पनीका महत्वपूर्ण साझेदार रहेको बताउँदै उनीहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बजारमा गुणस्तरीय उत्पादनसँगै सही प्राविधिक जानकारी र सेवा उपलब्ध गराउनु आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी, जनकपुर क्षेत्रका बिक्री अधिकृत अजय कुमार यादवले प्राविधिकहरूको सुझाव, अनुभव र आवश्यकतालाई कम्पनीले उच्च प्राथमिकताका साथ लिँदै आएको बताउनुभयो। उहाँले ओमशिवम पाइप एन्ड फिटिङका उत्पादनको गुणस्तर र सही प्रयोगबारे प्राविधिकहरूलाई थप जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा सहभागी प्राविधिकहरूले कम्पनीले आफ्ना लागि गरेको बीमा तथा बालबालिकाका लागि शैक्षिक सामग्री वितरणजस्ता कार्यक्रमले आफूहरूलाई कम्पनीसँग थप नजिक भएको महसुस गराएको बताएका थिए ।
लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले उत्पादन गर्दै आएको ओमशिवम पाइप एन्ड फिटिङले गुणस्तरीय पाइप तथा फिटिङका साथै प्राविधिक तथा प्लम्बरहरूसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा यस्ता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रमले ओमशिवम पाइप एन्ड फिटिङ र प्राविधिक समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै गुणस्तरीय पाइप तथा फिटिङको प्रयोग र प्राविधिक सेवाको स्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने हार्डवेयर एसोसियन धनुषाका अध्यक्ष शशि कुमार गुप्ताले बताउनु भयो ।
प्राविधिकओमशिवमले जोड्यो प्राविधिकसँगको सम्बन्ध बालबालिकाको शिक्षादेखि प्राविधिकको बीमासम्म
ओमशिवमको जनकपुर पहल प्राविधिकका बालबालिकालाई शैक्षिक सामग्री, प्राविधिकलाई बीमा सुविधा
प्राविधिक भेटघाटमा ओमशिवमको सामाजिक पहल बालबालिकालाई शैक्षिक सामग्री वितरण
ओमशिवम पाईपले जोड्यो प्राविधिकसँगको सम्बन्ध बालबालिकाको शिक्षादेखि प्राविधिकको बीमासम्म


































