National life
cg eloctronics

प्रिन्ट भइसकेका लाइसेन्स छिटो लिनुस्: यातायात कार्यालयको सूचना

अनलाइन प्रणालीमार्फत आफ्नो लाइसेन्स कुन कोठाबाट पाइन्छ भन्ने जानकारी लिन सकिने व्यवस्था गरिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
3.3kShares
प्रिन्ट भइसकेका लाइसेन्स छिटो लिनुस्: यातायात कार्यालयको सूचना
ncell

काठमाडौं । एकान्तकुना स्थित यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन ढिलाइ नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ। कार्यालयले हाल भीडभाड न्यून रहेको भन्दै प्रिन्ट भइसकेका लाइसेन्स छिटो लिन अनुरोध गरेको हो।

शुक्रबार जारी सूचनाअनुसार अहिले कार्यालयका १२ वटा कक्षबाट लाइसेन्स वितरण भइरहेको छ। सेवाग्राहीको सुविधा ध्यानमा राख्दै अनलाइन प्रणालीमार्फत आफ्नो लाइसेन्स कुन कोठाबाट पाइन्छ भन्ने जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लाइसेन्स रहेको कक्ष पत्ता लगाउन सेवाग्राहीले कार्यालयको वेबसाइटमा गई ‘Check’ विकल्पमा आवश्यक विवरण भर्नुपर्ने हुन्छ। त्यसपछि देखाइएको कोठा नम्बरमा पुगेर आफ्नो RECEIVED ID र सक्कल रसिद पेश गरेपछि मात्र लाइसेन्स प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

टिप्पणीहरू (१)

छुटाउनुभयो कि ?