National life

अपर तामाकोशीद्वारा कर्मचारी र स्थानीयलाई शेयर अभौतिकीकरण गराउन आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
573Shares
अपर तामाकोशीद्वारा कर्मचारी र स्थानीयलाई शेयर अभौतिकीकरण गराउन आग्रह
ncell

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । कम्पनीले कर्मचारी र आयोजना प्रभावित स्थानीयलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हाे ।

कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता लगाएत कम्पनीमा ऋण लिने र दिने संस्थाका कर्मचारीका लागि आईपीओ जारी गरेको थियो ।

आयोजना प्रभावित स्थानीयमा समेत कम्पनीले आईपीओ जारी गरेको थियो ।

Royal Enfield
nic asia capital
सो समयमा आईपीओ प्राप्त गर्ने सदस्यहरूलाई भौतिक रुपमै प्रमाणपत्र वितरण गरिएकाले सो प्रमाणपत्र संकलन गर्न बाँकी शेयरधनीहरूलाई आफ्नो प्रमाणपत्र संकलन गरी अभौतिभीकरण गर्न कम्पनीले भनेको हो ।

यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति पाईसकेको छ । असार २२ गते हाल कायम चुक्तापूँँजी १० अर्ब ५९ करोड रूपैयाँको आधारमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको हो ।

यो शेयरमा आवेदन दिनका लागि समेत सहज हुने जानकारी दिदैं हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन कम्पनीले आग्रह गरेको हो । सम्बन्धित शेयरधनीहरूले कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडमा सम्पर्क राख्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?