National life

झापा इनर्जीले बोलायो वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२३ मंसिर २०८२, मङ्गलबार
546Shares
झापा इनर्जीले बोलायो वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव
ncell

काठमाडौं । झापा इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा डाकेको हो ।

बैठकले उक्त सभा आगामी पुस १८ गते झापाको बिर्तामोडमा रहेको इन्द्रेणी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिका सदस्यहरुको तलब तथा बैठक भत्ता छलफल गरी पारित गर्ने र संगठनात्मक ढाँचाका प्रमुख सल्लाहकार रहने गरी संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०८१–८२ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१–८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्वन्धित अनुसुचीहरुमाथि छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०८२–८३ को लागी लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

सभामा सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको जानकारी गराएको छ । यसर्थ पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?