काठमाडौँ। सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ लाख ९३ हजार ८२५ कित्ता शेयर बिक्रीमा ल्याएको छ। एनआईसी एसिया बैंकले सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको स्वामित्वको झन्डै ९ लाख कित्ता शेयर आज पुस २५ गतेबाट बिक्रीमा ल्याएको हो ।
यो शेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। उक्त शेयरको मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ।
यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलका साथै एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सक्नेछन्।

































