National life

हाथवे इन्भेस्टमेन्टले साउन ४ बाट आईपीओ बिक्री खुला गर्दै, प्रतिकित्ता मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
525Shares
हाथवे इन्भेस्टमेन्टले साउन ४ बाट आईपीओ बिक्री खुला गर्दै, प्रतिकित्ता मूल्य कति ?
ncell

काठमाडाैं । हाथवे इन्भेस्टमेन्ट नेपालले आईपीओ बिक्री खुला गर्ने भएकाे छ । इन्भेस्टमेन्ट नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आउँदो साउन ४ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको हाे ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ।

Royal Enfield
nic asia capital

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको हो।

यो आईपीओमा विदेशमा रहेका श्रमिकले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द साउन १८ गते बैंकिङ बैंकिङ समयपछि हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ पूर्ण रुपमा बिक्री नभएमा सर्वसाधारणका लागि छुट्याइएको आईपीओमा जोडेर निष्कासन गरिने पनि कम्पनीले जनाएको छ।

विदेशमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि कम्पनीले सर्वसाधारणका लागि दोसे चरणमा आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कुल कित्ताको २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?