काठमाडाैं । हाथवे इन्भेस्टमेन्ट नेपालकाे आईपीओ भोलि बाँडफाँड हुने भएकाे छ । कम्पनीकाे सर्वसाधारणका लागि जारी गरेको आईपीओ भोलि (असोज २ गते) बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा बिहान ९ बजे बाँडफाँड गरिने भएको हाे।
कम्पनीले गत भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो।
कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
सीडीएससीका अनुसार अन्तिम दिनसम्म यो आईपीओमा १३ लाख २४ हजार ४११ आवेदकबाट कुल ३ करोड १२ लाख ५६ हजार ९२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १२.८७ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। भाग्यमानी १ लाखले २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानी आवेदकमध्ये थप ५ जनाले १–१ कित्ताका दरले सेयर पाउनेछन्।
याे पनि :
https://aarthikvoice.com/archives/12202

































